अरिङगालले टाेक्दा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 26 | 01:44 pm 3148

उदयपुर, असाेज ९: अरिङगालले टाेकेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  कटारी नगरपालिका–९ लिम्पाटारका स्थानीय ३२ वर्षीय दलबहादुर परियार रहेको प्रहरीले जानकारी दिए  ।

परियारले घर नजिकैको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा बुधबार दिउँसो अरिङगालले टोकेर गम्भीर घाईते भएका थिए ।

घाइते परियारलाई उपचारको लागि कटारी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.