अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Oct 19 | 04:38 pm 2871

दैलेख, कात्तिक ३ः आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक रहेका छन् ।

बेलौती खान जाँदा अरिंगालको टोकाईबाट बालिकाका गम्भीर घाईते भएकी थिईन । उनकाे प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा उपचार गर्दा गर्दै बालिकाको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले जनाएको छ । बालिका श्री कृष्ण उमावि कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।

बालिकाकासँगै आमा बेलधरा विक, मृतकका भाई खेमराज, अनितालाई समेत टोकेको मृतक काका गगनबहादुर विकले बताए । खेमराज, अनिता, बेलधराको उपचारपछि सञ्चो भई घर फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.