अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु

| 2020 Oct 28 | 11:55 am 3161

डोटी, कात्तिक १२ः जिल्लाको सायल गाउँपालिका-१ छपालीमा अरिंगालको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिम बहादुर रोकायाकी छोरीहरु ५ वर्षीया मनिषा रोकाया र ३ सृजना रोकाया रहेका छन् ।

मंगलबार घर नजिकै रुखमा रहेको अरिंगालको गोलोबाट आएका अरिंगालले टोक्दा गम्भीर घाइते दुबै बालिकालाई उपचारका लागि स्वास्थ्य सँस्था लैजादै गर्दा बाटोमै ज्यान गएको स्थानीय प्रेम नेपाली जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.