अमेरिकी सेनेटका वैदेशिक मामिलाका सदस्य होलेन नेपाल आउँदै

| 2023 Aug 27 | 06:47 am 1505

काठमाडौँ, भदौ १०। अमेरिकी सिनेटको वैदेशिक मामिला तथा विनियोजित उपसमिति सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउनेभएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौता आउँदो १३ भदौबाट लागू हुन गइरहेका बेला होलेन नेपाल आउन लागेका हुन् । उनी एमसिसी परियोजना लागू हुने आसपास नेपालमा आउने कार्यतालिका छ । उनको भ्रमण तालिकामा अमेरिकी सहयोग परियोजनाको विषय पनि महत्वपूर्ण एजेन्डा छ ।

एमसिसी परियोजना कार्यान्वयनको तयारीकै बेला होलेनको भ्रमण अर्थपूर्ण

होलेनको सचिवालयले दिएको जानकारीनुसार उनले नेपाल, श्रीलंका र मालदिभ्सको भ्रमण गर्नेछन् । उनले नेपाल भ्रमणका क्रममा प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगका नेताहरू, गैरनाफामूलक संस्था, स्थानीय दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरूसँग भेटघाट र छलफल गर्ने कार्यतालिका छ । नेपालमा रहँदा होलेनले राजनीतिक दलका प्रमुखहरूलाई भेट्नेछन् । अमेरिकाका प्रभावशाली सिनेटर रहेका होलेनले नेपाल भ्रमणमा संयुक्त राज्य अमेरिकी सहयोग परियोजनाहरू र सांस्कृतिक महत्वका स्थानहरूको भ्रमण गर्नेछन् । नेपालमा एमसिसी परियोजना लागू हुने समय तालिकाको ’round हुन लागेको होलेनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपालमा लामो समय एमसिसी परियोजना रोकिएको थियो । नेपालमा एमसिसी लागू गराउनका लागि एमसिसी उपाध्यक्ष फातिमा सुमारले पटकपटकको नेपाल भ्रमण गरेकी थिइन् । त्यसपछि दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले २८ माघ २०७८ मा नेपालका राजनीतिक दलका नेताहरूलाई एमसिसीको विषयमा प्रस्ट धारणा सार्वजनिक गर्न जोडबल गरेसँगै नेपालका राजनीतिक दलहरू एमसिसी परियोजना संसदबाट पास गर्न सहमत भएका थिए ।

अमेरिकी अनुदानसम्बन्धी यस सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न ६ वर्ष लागेको छ । अर्थ मन्त्रालय र एमसिसीबिच २९ भदौ २०७४ मा भएको सम्झौता १५ फागुन २०७८ को संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो । नेपालमा एमसिसी परियोजना लागू हुन गइरहेका बेला मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध गर्ने जनाएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी र चीनको परियोजना बिआरआई छन् । तर, मोहन वैद्य नेतृत्वको सो पार्टीले हालसम्म बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको विषयमा भने हालसम्म विरोध गरेको छैन । सो परियोजना चीनले नेपालमा ऋण लगानीमा चलाउन लागेको हो । तर, वैद्य नेतृत्वसहितको कम्युनिस्ट घटकहरूले अमेरिकी सहयोग परियोजना एमसिसीको भने विरोध जनाइरहेका छन् ।

होलेनको सचिवालयका अनुसार भ्रमणको लक्ष्य संयुक्त राज्य अमेरिका र प्रत्येक देशहरूबिचको सम्बन्धलाई सुदृढ पार्ने रहेको प्रस्ट्याएको छ । जसमा सुरक्षा सहयोग, आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने, जलवायु परिवर्तनसँग लड्ने, प्रजातन्त्र र मानवअधिकारको विकास गर्ने लगायत छन् । उनले अमेरिकाको नेपालमा हुने सहयोगका ’boutमा समेत छलफल गर्ने तय भएको छ । खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्वपूर्ण लगानीको आधार तय गरिनेछ ।

नेपाल भ्रमणमा आउन लागेका सिनेटरले अमेरिका र नेपालबिचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग संवाद र छलफल गर्नेछन् । उनले नेपालको स्वास्थ्य क्षेत्र, विद्युत् र यातायात पूर्वाधारमा महत्वपूर्ण लगानीलगायत नेपाली जनताका लागि अमेरिकी सहयोग’bout आफ्नो भनाइ राख्नेछन् ।

कोरोनाकालमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने स्वास्थ्यसम्बन्धी सामग्री र खोपसमेतको सहायतासम्बन्धी विभिन्न कार्यक्रममा समेत सिनेटरले महत्वपूर्ण भूमिका निर्वाहसमेत गरिसकेका छन् । उनी अमेरिकामा रहेका नेपालीबिच पनि ख्यातिप्राप्त सिनेटर हुन् ।

(राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.