अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले दिए राजिनामा

रिपोर्ट नेपाल | 2018 Dec 21 | 09:27 am 2071

संयुक्त राज्‍य, पुस ६ : अमेरिकी रक्षा मन्त्री जेम्‍स म्‍याटिसले राजिनामा दिएका छन्। उनले अहिले राजिनामा दिएपनि आगामी फ्रेबुअरीमा ह्‍वाइट हाउस छोड्‍ने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलि पल्टै अकस्मात् जनरल म्याटिसको राजिनामाको घोषणा गरेका हुन्।

ट्रम्पले ट्‍वीट गर्दै म्याटिसले अन्य राष्ट्रसँगको सैन्य सम्बन्धका विषयमा आफूलाई ठूलो सहयोग गरेको बताएका थिए।

ट्रम्पले चाँडै नयाँ रक्षा मन्त्री नियक्त गर्नेसमेत बताए। उनले को नियुक्त हुँदैछ भनेर नाम भने बताउन चाहेनन्। ‘आम नागरिकको रक्षका लागि सम्पूर्ण किसिमको अमेरिकी श्रोत साधनको प्रयोग गरिएको र सबै राष्ट्रसँग सम्मानपूर्ण सैन्य सम्बन्ध कायम गरिएको छ’, म्‍याटिसले राजिनामापत्रमा उल्लेख गरेका छन्।

म्‍याटिस राजिनामाप्रति प्रतिक्रिया दिँदै रिपब्लिकन सिनेटर लिन्डसे ग्राह्‍मले भने, ‘म्याटिसले आफ्नो कार्यकालप्रति राष्ट्रपति ट्रम्प र राष्ट्रले गर्व गर्नुपर्दछ।’ ग्राह्मले ट्‍वीटमा लेखेका छन्, ‘दशकौंदेखिको कट्टरपन्थी इस्लामसँग द्‍वन्द समाधानकालागि राष्ट्रपति ट्रम्लाई सही सल्लाह दिएर द्‍वन्द समाधान गर्न ठूलो भूमिका खेले।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.