अमेरिकी पेस्तोलसहित पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 23 | 07:46 pm 3611

नवलपरासी, ७ साउन : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले स्वचालित अमेरिकी पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ९९६ नं को पिकअप गाडीलाई सुरक्षा जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल बरामद गरिएको पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए । पक्राउ परेका अर्याललाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.