अमेरिका भ्रमणमा संख्या घटाउन प्रम दाहालको निर्देशन

| 2023 Sep 11 | 02:45 pm 1797

काठमाडाैं, भदाै २५ । संयुक्त राष्ट्र स‌ंघको महासभामा भाग लिन अमेरिका जाने तयारी बैठक राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुख्य सचिव बैकुण्ठ अर्याललाई भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव लगायत २४ जनाको जम्बो टोलीको भ्रमण हुने चर्चासँगै आलोचना भएपछि प्रम दाहालले निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको भ्रमणमा जम्बो टोली जाने कुरालाई चाैतर्फी विरोध भएपछि मात्रै प्रम दाहालले मुख्य सचिव अर्याललाई स‌ंख्या घटाउन निर्देशन दिएको समाचार स्रोत बताउँछ । भ्रमणमा विज्ञ भन्दा पनि आसेपासेको संख्या बढी भएपछि त्यसका खिलाफमा आवाज उठेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.