काठमाडाैं, बैशाख ३०ः अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. २० घर भई हाल वडा नं. १५ बस्ने वर्ष ५६ का ओम शाक्य रहेका छन् ।
उनले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारी अमेरिका जानको लागि रु. २० लाख अरुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित Hotel मा काम लगाइदिन्छु मासिक रु. २ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेका थिए ।
पीडितबाट पटकपटक गरी जम्मा रु. १५ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले शाक्यको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।२९ गते का.म.न.पा. वडा नं. १३ कालीमाटीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।