अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

| 2023 Oct 16 | 05:29 pm 1805

काठमाडाैं, असोज २९ ।  दैलेख दुल्लु नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडाैं नागार्जुन बस्ने  रुद्र बहादुर पन्तको छोरा बर्ष ४० को कुल बहादुर पन्तले भुवनेश्वर अमात्यलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु भनी ठगी गरेका छन् ।

अमेरिका जानका लागि रु १६ लाख लाग्ने भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट ११ लाख ५० हजार रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट काठमाडाैं उपत्यका अपराध अनुसन्धान  कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले कुल बहादुर पन्त लाई खोजतलास गर्ने क्रममा काठमाडाैं बसुन्धराबाट पक्राउ गरेको छ । पन्तलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.