अमेरिकामा प्रहरीको राजिनामा !

रिपोर्ट नेपाल | 2020 Jun 06 | 08:13 am 1788

एजेन्सी, जेठ २४ः अमेरिकामा भइररहेको जर्ज फ्लोइड हत्याकाण्ड विरुद्धको जन प्रदर्शनको क्रममा एकजना ७५ वर्षिय वृद्धलाई धकेलेर भुँइमा लडाएको भिडियो सार्वजनिक भए लगत्तै दुईजना प्रहरी अधिकारीलाई निलम्वन गरिएपछि शुक्रवार न्युयोर्कको बफाएलो प्रहरी विभागका सम्पूर्ण इकाइले नै राजिनामा दिएको छ ।

सो विभागको ति ५७ जना आपतकालिन जिम्मेवारी टोलिका सदस्य दंगा र अन्य भिड नियन्त्रण कार्यमा परिचालित हुने गरेका थिए । तिनीहरले प्रहरी विभागबाटै राजिनामा नदिएको बरु सो इकाइको काम परित्याग गरेको बफाएलो न्युजले जनाएको छ ।

भुँइमा ढल्ने वृद्धले लामो समयदेखि मानव अधिकारका लागि शान्तिपूर्ण ढंगले वकालत गर्दै आएको तथा उनी अमेरिकी संविधानका प्रशंसक रहेको बताइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.