अमेरिकामा आँधीबाट २३ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Mar 26 | 07:55 am 1765

काठमाडौं, चैत १२ः अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । आँधीबाट दर्जनौ घाइते भएको र चार जना बेपत्ता भएको बताइएको छ ।

मिसिसिपी आपतकालीन व्यवस्थापन एजेन्सीले पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको बताएको छ । आँधी आएपछि खोज तथा उद्धार कार्य भइरहेको छ ।

आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीबेहरीले राज्यभरका समुदायलाई क्षति पुर्‍याएको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।

प्रसारक एबीसीका अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर (७० माइल) उत्तरमा रहेको शार्की र हम्फ्रेस काउन्टीहरूमा खोजी र उद्धार कार्यहरू भइरहेको छ । अलजजिरा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.