अमेरिकाबाट डा. केसीको प्राण बचाउ हस्ताक्षर संकलन अभियान सुरु

रिपोर्ट नेपाल | 2018 Jul 17 | 06:11 pm 2312

काठमाडौँ, साउन १ : अमेरिकाबाट नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न आमरण अनसन बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट अभियान थालिएको छ । केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट संघीय मानवअधिकार आयोग समक्ष अपिल गर्दै चेन्ज डट ओराजी (www.change.org/p/humanrights-save-philanthropist-dr-govinda-kc )मार्फत हस्ताक्षर संकलन अभियान थालिएको हो ।

बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिव प्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए । शिवप्रकाशले बुधबार चेन्ज डट ओराजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसंग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आव्हान गरेका छन् ।

त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले चेन्ज डट ओराजीमार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले औंल्याए । उनले डा.केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफुले यो अभियान थालेको बताए ।

चेन्ज डट ओआरजीको मुख्य काम यसमार्फत् बढीभन्दा बढी हस्ताक्षर संकलन गरि सम्बन्धित निकायसम्म अपिल पुर्याउने हो । यस्तो अभियानले यस विषयमा अन्तराष्टिय दवाव सृजना गर्न बाध्य बनाउने गर्छ । यो साइटलाई मानवअधिकारसम्बन्धी विश्वव्यापी संस्था एम्नेस्टि इन्टरनेशनल र ह्यूमेन राइट्स सोसाइटीले मुद्दाका रुपमा प्रबद्र्धन गर्ने गर्दछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.