काठमाडौं, कत्तिक ८ः अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । काेभ्याक्स सुविधा अन्तरगत साे खाेप नेपाललाई उपलब्ध गराइएकाे हाे ।
अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।
अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।
फाइजर खोप नेपाल आएको पहिलोपटक हो । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।