अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गाेली प्रहार : ११ को मृत्यु, ६ घाइते

रिपोर्ट नेपाल | 2019 Jun 01 | 10:46 am 1346

एजेन्सी, जेठ १८  : अमेरिका एक बन्दुकधारीले सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाका मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीले भर्जिनिया पब्लिक युटिलिटीका ती कर्मचारीले अन्य कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको जनाएको छ ।

प्रहरीको कारवाहीमा ती बन्दुकधारी मारिएको बताइएको छ । तर मारिने बन्दुकधारीको पहिचान भने खुलाइएको छैन ।

प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि पनि फायर गरेपछि बन्दुकधारीलाई प्रहरीले गोली प्रहार गरेको थियो । सो क्रममा एक प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीले बन्दुकधारीले एक्लैले सो काम गरेको हुनसक्ने जनाएको छ । तर बन्दुकधारीले के उद्देश्यले यस्तो काम गर्यो भनेर केही खुलेको छैन । प्रहरीले सरकारी भवनलाई घेरा हालेर बाँकी कर्मचारीलाई सुरक्षित रुपमा बाहिर निकालेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.