अमेरिकाको एक विद्यालयमा गोली लागेर शिक्षकसहित कम्तीमा २१ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 May 25 | 08:27 am 1609

टेक्सस, जेठ ११: अमेरिकाको एक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा २१ जना मारिएका छन्। टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ।

२१ जना पीडितमध्ये १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताइएको छ। राज्य सिनेटर रोलान्ड गुटेरेजले आक्रमणकारीले पिस्तोल र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्।

अठार वर्षका आक्रमणकारीले आक्रमण गरेकाले उनको पनि मृत्यु भएको हुनसक्ने बताइएको छ। राज्यका गभर्नर ग्रेग याबटले रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको जानकारी दिए। उक्त विद्यालयमा ७ देखि १० वर्षका बालबालिका अध्ययन गर्छन्।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट भनेका छन्, ‘बच्चा गुमाउनु भनेको आफ्नो आत्माको टुक्रा च्यात्नु जस्तै हो ।’  बाइडेनले यस्ता प्रकारका सामूहिक गोलीबारी संसारमा कतै विरलै हुने बताए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.