- महेश सिंह
सिरहा, जेठ २५ः लहान नगरपालिका १ मा बिपन्नको चुलो बाल्न तेस्रो पल्ट पुगेका महेश र संगिताको जोडीलाई देख्दा बिपन्न समुदाय खुशी भएका थिए ।

लकडाउन भएको तीन महिना हुन् लाग्यो । लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँने बिपन्न परिवारलाई हात मुख जोड्न समस्या परेकाे छ । लकडाउनबाट दलित समुदाय बढी प्रभावित भएका छन् । राहत नपाउनेको गुनासो रहेको छ। आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भोगनु परेको छ ।
लहान नगरपालिका १ मा कोठा भाडालिई चटपटे ,पानी पुरी ,चाउमिन, चिया पसल, होटेल र जिल्ला बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीहरुलाई मध्येनजर गरी ६० घर धुरीलाई उनीहरुले अन्न दान गरेका छन् ।

राहत उपलब्ध गराउने संस्थामा एपोलो ॐ स्कुल लहान र प्रसंसा पुस्तक पसलका पहलाद सापकोटाले पनि सहयोग गरेको छन् । चौधरी एपोलो ॐ स्कुलको संचालक, प्रीन्सिपल समेत रहेका चौधरीले सानै उमेर देखि सामाज सेवामा लागेका हुन्।
उनकी श्रीमती संगिता कर्माचार्य महिला संघका केन्द्रीय सदस्य हुन् । कर्माचार्य महिलाको मुद्दा लिएर आवाज उठाउनमा अग्रसर रहेकी छन् ।
राहतमा प्रतिपरिवार चामल १० किलो, दाल १ किलो , तेल एक प्याकेट, नुन १ किलो, आलु १ किलो राहतमा बाडेँका छन् । उक्त बस्तीमा लकडाउनकै क्रममा उनीहरु तेस्रो पटक राहत दिन पुगेका थिए ।

लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गरेका छन् । सरकारले लकडाउन थप्दै गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन ।
उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौ धौ परिरहेकाे छ । गाउँका हुने खानेबाट ऋण सापटी गरी छाक टार्छन् बाध्य छन् । लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पुर्याउने चौधरी र कर्माचार्यले दिनचार्य नै बनाएका छन् । हरेक दिन एउटा- एउटा बस्ती पुग्ने गरेका छ्न् ।