श्रमजिवी पत्रकारकाे न्युनतम पारिश्रमिक २४ हजार ३ सय

रिपोर्ट नेपाल | 2018 Oct 07 | 03:15 pm 3156

काठमाडौं, असोज २१ :  श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक अब २४ हजार ३ सय कायम भएको छ । आज बसेको मन्त्री मन्त्रिपरिषद बैठकले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २४ हजार ३ सय तोकेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटा अनुसार पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने गरिएको हो । यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेको थियो ।

यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने बास्कोटाले जानकारी दिए । अनलाइन सञ्चारमाध्यमले भने आफू राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन स्तरको सञ्चार संस्था हो भन्ने स्वघोषणा गर्नुपर्ने सरकारले जनाएको छ । सोही अनुसार ती संस्थामा पारिश्रमिक लागु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.