अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउन पाउने

| 2018 Jul 11 | 06:20 pm 2158

काठमाडौँ, असार २७ : गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि बुधबार गृहमन्त्रालयले दिउँसोको समयमा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अब  राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४र७४ को जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.