अब मेलम्चीको पानी आउने मिति तोक्दिन : खानेपानीमन्त्री विना मगर

| 2018 Dec 27 | 02:42 pm 1651

काठमाडौं, पुस १२ : खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने विषयमा अब मिति नतोक्ने बताएकी छन् । बिहीबार संसदको विकास समितिमा सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेपछि उनले अब मिति नतोक्ने बताएकी हुन् ।

गत महिना संसदीय समितिमै खानेपानी सचिव गजेन्द्र ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दावी गरेका थिए । तर त्यसको केही दिनमा नै मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले एकतर्फी काम छाडेको घोषणा गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.