ललितपुर, भदाै ३ । भारतबाट लुकाई छिपाई ल्याएका ५०० के.जी. अवैध पटका सहित ललितपुरमा एक जना पक्राउ परेका छन् ।
केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोल कानदेवतास्थान स्थित जितेन्द्र कुमार जैसवाललाई पक्राउ गरेको हो ।
उनले गोदाम बनाई राखेको कोठाबाट ३१ वटा बोरामा रहेका रकेट बम, किंग कोब्रा, फायर वर्कस, सिवकासी लेखिएको ५०० के.जी भन्दा बढी विभिन्न किसिमका आतिसबाजी/पटकाहरू सहित जैसवाललाई पक्राउ गरी विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन के.सी.ले जनाएका छन् ।