अबैध सामान सहित ट्रक पक्राउ

| 2023 Oct 18 | 06:00 pm 2101

बारा, कार्तिक १ । जिल्ला प्रहरी कार्यालय बाराले अबैध सामान सहित ट्रक पक्राउ गरेको छ ।

जितपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.३.ख.५६७२ नं.को ट्रकलाई  चेक जाँच गर्दा अबैध सामानहरु भेटीएको हो

ट्रकमा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढी श्रोत खुलाउन नसकेको अन्दाजी मुल्य ५९ लाख १२ हजार ७ सय १७ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.