अबैध सामान बरामद

रिपोर्ट नेपाल | 2023 May 20 | 07:57 am 1333

रौतहट, जेठ ६ः जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट सशस्त्र प्रहरीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ ।

साइकलमा राखि अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

यसैगरी सोही जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित पानी ट्याङ्की नजिकबाट सशस्त्र प्रहरीले करीव ४ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको मलखाद बरामद गरेको छ ।

सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अबैध रुपले भण्डारण गरी राखेको उल्लेखित मुल्यको ४ सय ६६ बोरा मलखाद नम्बर ११ गण रौतहटले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.