तनहुँ, साउन २ः अबैध लागू औषध तथा गोली सहित २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ४ भैसीखाँ बस्ने बर्ष २१ को मन बहादुर गुरूङ र वडा नं. ४ च्यान्चा घर हुने बर्ष ३० को आशिष कायस्थ रहेका छन् ।
बन्दिपुर गाउँपालिका वडा नं. १ पिप्ले स्थित बन्दिपुर तर्फ जाने सडक खण्डमा शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी लिदा मन बहादुर गुरूङको साथबाट लागु औषध NOOPHIN लेखिएको १७ एम्पुल, Diazepam लेखीएको १७ एम्पुल र PHENERGAN लेखिएको १७ एम्पुल गरी जम्मा ५१ एम्पुल लागु औषध फेला परेको, अर्का आशिष कायस्थको साथबाट लागु औषध NOOPHIN लेखिएको २ एम्पुल, Diazepam लेखीएको २ एम्पुल र PHENERGAN लेखिएको २ एम्पुल गरी जम्मा ६ एम्पुल लागु औषध फेला पारेकाे थियाे ।
लागु औषध बिक्री बितरणमा संलग्न तनहुँ भानु नगरपालिका वडा नं. १ शुक्रखोला बस्ने बर्ष ३० को भरत तामाङलाई समेत निजकै घर वतनमा फेला पारी निजको शरिर तथा घरकोठा
खानतलासी लिदा निजको कोठाभित्र NOOPHIN लेखिएको १ एम्पुल, Diazepam लेखिएको १ एम्पुल र PHENERGAN लेखिएको १ एम्पुल, सिरिन्ज थान-४ , सोही स्थानमा 7.62 M.F.S 2001 लेखिएको हतियार राईफलमा प्रयोग हुने गोली २ थान हातियारको गोली समेत फेला पारी बरामद गरी लागु औषध कारोबारमा संलग्न मन बहादुर गुरुङ, आशिष कायस्थ र भरत तामाङलाई बरामद लागू औषध तथा गोली सहित नियन्त्रणमा लिई सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भईरेहेको प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।