अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद

रिपोर्ट नेपाल | 2023 Jun 13 | 12:49 pm 1797

रौतहट, जेठ ३० । गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

यसैगरी नम्बर ३४ गण कैलालीले धनगढी उपमहानगरपालिका ३ चटकपुर ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.