पाल्पा, असार १ः जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा निकासी गर्न लागेको काठ नियन्त्रणमा लिएको छ । प्रहरीले रम्भा गाउँपालिका ३ स्थित निकीचउरबाट अबैध रुपमा चिलाउने काठ ट्याक्टरमा लोड गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाकाअनुसार प्रहरीले १५ गोलिया चिलाउनेको काठ र लु ४ त ५८७३ नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको काठ र ट्याक्टर डिभिजन वन कार्यालयमा कारबाहीका लागि बुझाइएको थापाले जानकारी दिए । जिल्लामा पछिल्लो समय अबैध रुपमा काठ तस्करी गर्नेक्रम बढेको छ । जिल्लाको विभिन्न स्थानमा विकास निर्माणको नाममा ठूला रुख कटान गर्ने र अबैध ओसारपोसार गर्नेक्रम बढेको प्रहरीले जनाएको छ ।