स्याङ्जा, भदाै १७ः अबैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–८ बाहकोट निवासी ३३ वर्षीय अमितसिंह ठकुरी रहेका छन् ।
ठकुरीको घरमा हातहतियार छ भन्ने गोप्य सूचनाको आधारमा स्याङ्जा प्रहरीले उनलाई हातहतियार सहित पक्राउ गरेको हो ।
ठकुरीले सुत्ने कोठामा लुकाइछिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक सहित उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको बताइएकाे छ ।