अबदेखि रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क नलाग्ने

रिपोर्ट नेपाल | 2019 Jan 29 | 02:08 pm 2017

काठमाडौं, माघ १५ : रेष्टुराँ तथा बारमा अबदेखि अतिरिक्त सेवाशुल्क नलाग्ने भएको छ । यसअघि १० प्रतिशत सेवाशुल्क लाग्ने भए पनि रेष्टुरेन्ट तथा बार एसोसियशन नेपाल रेबानले शेवाशुल्क हटाउने निर्णय गरेको हो ।

व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए। यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो।

“रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल रेबान ९काठमाडौं, पोखरा र सौराहा० को मिति २०७५ साल माघ १४ गते काठमाडौंमा सम्पन्न बृहत भेलाले रेष्टुराँ तथा बारहरुमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क उपभोक्ताहरुबाट भएको चौतर्फि विरोध तथा असन्तुष्टिका कारण उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी आजको मितिदेखि क्रमिक रुपमा लागु हुनेगरी सेवाशुल्क हटाउने निर्णय गरिएको छ,” जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “आजको निर्णयसँगै काठमाडौैं, पोखरा र सौराहाका बार तथा रेष्टुराँमा सेवा प्रयोग गरेबापत कुनै सेवाशुल्क लिइने छैन । सेवाशुल्क हटाएसँगै गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा प्रतिवद्ध छौं ।”

रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू गर्ने छन्। यद्यपी सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्नेछ। रेवानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषबाट मजदुरहरूको सुरक्षा भएको र स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकोले मजदुरलाई असर नपर्ने रेबानले जानकारी दिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.