काठमाडौँ पुस १९ : कांग्रेसको १४औं महाधिवेशनबाट १५ लाख मतदाता थप गर्ने संकल्प भए अनुसार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षको मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनसम्म १५ लाख मतदातालाई कांग्रेसमा ल्याउने बताएका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतमलाई नेपाली कांग्रेसमा प्रवेश गराउदै महामन्त्री थापाले कांग्रेस प्रवेशको राष्ट्रिय अभियान शुरू गर्न लागेको बताए ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा महामन्त्री थापाले बोल्दै सयौं, हजारौं मतदातालाई कांग्रेसमा ल्याउँछौं भनेका छन् । अबको ८–१० महिनामा १५ लाखलाई कांग्रेसमा जोड्नुपर्नेछ थापाले भने।
जनमतलाई अपमान गरेकाले आगामी निर्वाचनमा एमाले दण्डको भागी रहेको उनले बताए । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आयोजित कार्यक्रममा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेस प्रवेश गरेकी हुन् ।