३१औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस सम्पन्न

| 2022 Dec 03 | 07:45 pm 1309

तनहुँ, मंसिर १७ः अपाङ्गता दिवस मुल समारोह समितिको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा अपाङ्गता भएका ब्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि व्यास नगर उपप्रमुख इन्दिरा दरै, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण प्रसाद अधिकारी, व्यास नगरपालिकाका जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्ले, गैरसरकारी संस्था महासंघ तनहुँको सचिव सरिता भण्डारी, अपाङ्गता अधिकारकर्मी मदन पौडेल लगायतका वक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो अधिकार र विकासका लागि एकजुट भएर सशक्त ढंगले अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा रेडक्रस सोसाइटी तनहुँबाट हाम्रो पनि कुरा छ शिर्षकमा सडक नाटक प्रस्तुत गरेका थिए भने बौद्धिक अपाङ्गता र बहिरा विद्यार्थीहरु बिच छुट्टाछुट्टै बेलुन फुटाइ र घैटे फुटाइ प्रतियोगिता गरिएको थियो ।

मुल समारोह समितिको संयोजक एवम् रिसेडका अध्यक्ष पदमबहादुर परियारको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख विक्रम सुवेदीले स्वागत तथा बहिरा संघको अध्यक्ष राजन रानाभाट र कोशिसका कार्यक्रम संयोजक महेन्द्र आचार्यले शुभकामना र तनहुँ नेत्रहीन संघका अध्यक्ष चिन बहादुर कुमालले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन मुल समारोह समितिको सदस्य एवम् सहृदयी मञ्च तनहुँ नेपालको सचिव कृष्ण थापाले गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.