अपाङ्गताको विविध विषयमा छलफल कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2022 Nov 27 | 08:53 pm 1449

तनहुँ, मंसिर ११ः आइतबार अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपाल र स्वाबलम्वन जीवन पद्दति केन्द्र पोखराको संयुक्त आयोजनामा लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अपाङ्गता सम्बन्धी समसामयिक विषयमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख एवम् अपाङ्गता समन्वय समितिको संयोजक इन्दिरा दरैले व्यास नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा सधैं सकारात्मक भएको र अवका दिनमा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणको लागि सीपमूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताइन् ।

No description available.

संस्थाकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिक्रम सुवेदी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंखरबाबु अधिकारी, व्यास नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण उपशाखाकी प्रमुख राधा आचार्य, म्याग्दे गाउँपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख शारदा पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष अन्जना के.सी, स्वाबलम्ब नजीवन पद्दति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङ्ग, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेडका उपाध्यक्ष ईश्वर बास्तोलाले अपाङ्गता भएका व्यक्तिहरुलाई आई परेका विविध समस्या र समाधानका उपायहरु बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रमको संचालन सहृदयी मञ्च तनहुँ नेपालकी सचिव कृष्णा थापाले गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.