अपहरित भनिएकी प्रदेशसभा सांसद प्रहरीको सम्पर्कमा

| 2019 Mar 08 | 05:51 pm 1827

काठमाडौँ, फागुन २४ :  सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सम्पर्कमा आएकी छन्। प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले सांसद मल्ल सम्पर्कमा आएको जानकारी दिए। उनी दुर्गम ठाउँमा रहेको र सम्पर्क हुन नसकेको प्रहरीले बताएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही बेरअघि उनी अपहरणमा परेकाे खबर सार्वजनिक भएको थियो। उनी सम्पर्कमा आएको भए पनि उनी अपहरणमा परेकी हुन् वा होइनन् भन्ने कुरा अझै खुलाइएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.