अपहरण र इन्काउण्टरको छानविन हुन्छ : गृहमन्त्री थापा

| 2018 Aug 09 | 03:50 pm 2016

 काठमाडौं, साउन २४ : गृहमन्त्री रामबहादुर थापाले निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी ‘इन्काउन्टर’मा मारिएको घटनाको सरकारले छानबिन गर्ने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउन्टरबारे सरकारले छानबिन गर्ने बताउका हुन्।

११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिई प्रहरीले भक्तपुरको पाइलटबाबा आश्रम नजिकको जङ्गलमा इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले छानविनको माग गरेपछि गृहमन्त्रीले घटना छानविनका लागि सरकार तयार रहेको बताएका हुन् ।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउन्टर शंकास्पद भएको र त्यस्तो अवस्था कसरी आयो भन्नेबारे छानबिन हुनुपर्ने धारणा राखेका थिए। उनले त्यसबारे सोधपुछ गर्नका लागि नेपाल प्रहरीका महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका थिए। प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउन्टरको नाममा उनीहरूको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.