अपडेट : मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटना मृत्यु हुनेको संख्य १८ पुग्यो

| 2018 Jul 06 | 04:20 pm 3701

मुस्ताङ , असार २२ : मुस्ताङको स्याङबोचेमा सडक निर्माणको काम गरिरहेको टिपर दुर्घटना परि मृत्यु हुनेको संख्या १८ पुगेको छ ।कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखी झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा२ क २२१९ नम्बरको टिपर काम भइरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार स्याङबोचेमा खाना खाएर तामाखोलामा काममा जाने क्रममा टिपर अनियंत्रित भएर सडकदेखि करिब ६० मिटर तल खोलामा खसेको बताएका छन् । बाकी घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ ।

घाइते र मृत्यु भएका सबैलाई उद्धारको लागी काठमाडौ बाट इयर डाइनास्टिक हेलिकप्टर मगाइसकेको उनले बताए । साथै उद्धारमा थप बल प्रयोग गर्नको लागी सेनाको हेलिकप्टर माग्नको लागी पनि गृहमन्त्रीलाई पत्राचार गरिसकेको उनले बताए। अब उक्त सेनाको हेलिकप्टर पनि करिब आधा घण्टामा काठमाडौँबाट उद्धारको लागी उड्ने उने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.