अपडेट: पाल्पाको जोर्तेमा पहिरोले च्यापिएर ३ जनाको मृत्यु

| 2023 Aug 30 | 11:28 am 1673

पाल्पा,भदौ १३  । तमघासबाट बुटवलका लागि छुटेको स्कोर्पियो पाल्पाको जोर्तेमा पहिरोले  पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया मनकला चुदारा, यमबहादुर बोहरा र रेत भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी तानसेन अस्पताल पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.