अपडेट: जोर्ते दुर्घटनाको सनाखत भयो

| 2023 Aug 30 | 12:14 pm 3349

गुल्मी, भदौ १३ । बुटवलतर्फ प्रस्थान गरेको रुरु रेसुङ्गा यातायातको लु १ ज ४६०० नम्बरको स्कोर्पियो पल्ला जिल्लाको रिब्दिकोट गाँउपालिका वडा नं. २ मा पहिरोले पुरिदा मृत्यु हुने र घाइतेको विवरण प्राप्त भएको छ ।

रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिा खत्रीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यम बहादुर बोहोरा, रेसुङ्गा नगरपालिका वडा न‌ं. ७ भुजेलखर्ककी ५० वर्षीय मनकला चुँदारा र पोखरा महानगरपालिका वडा नं. २५ घर भई सिद्धबाबा माध्यमिक विद्यालय तमघासमा कार्यरत विनोद तिमिल्सीना रहेका छन् ।

त्यसैगरी घाइते हुनेहरुमा चालक बालकृष्ण श्रेष्ठ, रेसुङ्गा नगरपालिका ८ कि ४०  वर्षीय शोभा घर्तिमगर, रेसुङ्गा नगरपालिका ८ कि २७ वर्षीय शुष्मा राना उनकी ६ वर्षीय छाेरी सुरबी राना, ५ महिनाकी छाेरी सुबिना राना, ४५ वर्षीय टेक बहादुर जिएम, २७ वर्षीय स्वीकृती थापा, उनका छाेरा सुरेन थापा रहेका छन् । घाइतेमध्ये शोभा घर्तिको ढाडमा चोट लागेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.