-
महेन्द्र पाण्डेय
यतिबेला आम नेपालीहरु भनिरहेका छन् –‘पल शाह र सन्दीप लामिछाने दोषी होइनन्, कानुन बनाउनेहरु दोषी हुन् । सजाय कानुन बनाउनेहरुलाई हुनु पर्छ । पल शाह र सन्दीप लामिछानेको क्यारियरमा भएको क्षतिको परि पुर्ति अन्धो कानुन बनाउनेहरुसँग भराउनुपर्छ ।’
बिचरा सन्दीप
किशोरावस्थामै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाए । तर एकाएक उनको करियर संकटमा देखिएको छ । कारण हो, प्रहरीमा नाबालिग बलात्कारको अभियोग दर्ता हुनु । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आधिकारिक उमेरमा उनी २२ वर्षका हुन् । १५ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यू गरी ६ वर्षको अन्तरालमा कप्तान बन्नु सन्दीपको आश्चर्यजनक सफलता र क्षमताको नतिजा थियो ।
स्याङ्जामा जन्मिए पनि भारतमा क्रिकेट सिकेका सन्दीप सन् २०१५ मा चितवनको क्याम्पाचौरमा राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेबाट पहिचान भएका प्रतिभा हुन् । त्यतिबेला सन्दीप राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्कासँग क्रिकेट सिक्दै थिए । राष्ट्रिय टिमको सफलता हुँदै विश्वकै प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) मा अवसर पाएका सन्दीपले विश्वभरका प्रायः फ्रेन्चाइज लिगमा आफूलाई स्थापित गरेका छन्, जसले उनलाई करिअरमा अनुभवी बनायो भने आर्थिक रुपले सम्पन्न ।
सफलताको सिँढी चढ्दै गर्दा सन्दीपमाथि बेलाबेला स्टारडमलाई सम्हाल्न नसकेको आरोप लागेको थियो । राष्ट्रिय टिमकै सदस्यहरुमाथि फरक व्यवहार गर्नेदेखि तत्कालीन कप्तान पारस खड्कालाई सामाजिक सन्जालमा अनफलो गरेको प्रकरणबाट सन्दीप नेपाली समर्थकमाझ पनि आलोचित भइरहेका थिए । तर मैदानमा गर्ने प्रदर्शनले उनका तमाम कमजोरीलाई छोपिदिन्थ्यो । तर अहिले सन्दीपमाथि जघन्य आरोप लागेको छ । ५ भदौमा सन्दीपले आफूलाई एक होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै १७ वर्षकी किशोरीले उजुरी दिएकी छन् । अब यो केसमा प्रहरीले अनुसन्धान गर्छ भने अदालतले निर्णय लिन्छ । यो केसमा फैसला आउन निश्चित समय लिन्छ । अर्थात सन्दीप तत्काल निश्चित समय टिममा हुने छैनन् । सन्दीपको अनुपस्थिति नेपालका लागि एउटा ठूलो क्षति भने पक्कै भएको छ ।
के हो हनि ट्रयाप ?
अंग्रेजीमा ‘हनि ट्रयापिङ’ भन्ने शब्द छ । नेपालीमा ‘बलात्कार ब्यवसाय’ भन्ने गरिएको छ । कानुन निर्माणमा बलात्कार व्यवसायीहरुको घुस पैठ भएको पल शाह तथा सन्दीप लामिछाने प्रकरणले पुष्टि गरिसकेको छ । दुई वर्ष अघि तत्कालिन सभामुख कृष्णबहादुर महरालाई पनि बलात्कार व्यवसायीहरुले फसाए ।
यो व्यवसायमा निकै ठूलो र शक्तिशाली गिरोह संलग्न छ भन्ने कुरा महरा प्रकरणले पनि करिव करिव पुष्टि गरिसकेको छ । डेढ वर्ष अघि कर्णाली प्रदेशका सांसद मोहन बानियाँ पनि यसैको शिकार बनेका थिए । अनेक बहाना बनाएर नजिकिने, करणी लेन देन गर्ने, त्यस पछि मोटो रकम बार्गेनिङ गर्ने, बार्गेनिङ अनुसारको रकम नपाए बलात्कार भयो भन्दै उजुरी हाल्ने व्यवसाय पछिल्लो समयमा निकै फष्टाएको छ । २०७५ सालमा यो व्यवसायका लागि अनुकुल हुने कानुन निर्माण गरिएको यता कति पुरुषहरु लुटिएका छन् ? लेखा जोखा छैन ।
महिलाले यौन सम्पर्कका लागि आग्रह गरेपछि इन्कार गर्न सक्ने क्षमता पुरुषको हुँदैन भन्ने कुरा ध्रुव सत्य हो । हाम्रा धार्मिक तथा पौराणिक ग्रन्थहरुले पनि यही भन्छन् । आफ्नो मृत्य तत्काल हुन्छ भन्ने जान्दा जान्दै पनि यौन सम्पर्कका लागि पुरुष तयार हुन्छ भन्ने पुष्टि गर्न महाभारत ग्रन्थमा धेरै उदाहरण दिइएको छ । यौन सम्पर्क गर्नासाथ आफ्नो मृत्यु हुन्छ भन्ने थाहा पाएरै पाण्डु तपस्याका लागि जंगल गएका थिए । एक दिन उनले नुहाँउदै गरेकी आफ्नी श्रीमती माद्री लाई देखे । माद्री पेटिकोट लगाएर नुहाउँदै थिइन् । भिजेको पेटिकोटभित्र उनका नितम्व र स्तन देखेपछि पाण्डु खप्न सकेनन् । यौन सम्पर्क सँगै मृत्यु रोज्ने की ? यौन सम्पर्कबाट टाढा रहेर जीवन रोज्ने ? भन्ने प्रश्न उनको दिमागमा केही मिनेट खेल्यो । तर तत्काल उनले यौन सम्पर्क र मृत्यु रोजे । केही बेर यौन सम्पर्क गरे, अनि मृत्यु शैयामा पुगे । यस्ता धेरै उदाहरणहरु हाम्रा धार्मिक ग्रन्थ र पुराणहरुमा छन् ।
महिलाले यौन सम्पर्कका लागि आमन्त्रण गरेको अवस्थामा तयार नहुनुलाई समेत अपराध मानिएको छ हाम्रा ऋषिमुनीहरुले तयार गरेका ग्रन्थमा । इच्छा मृत्युको बरदान पाएका ऋषिहरुले हजारौं वर्ष रिसर्च गरेर अभिलेख तयार गरेका हुन् । रिसर्चमा पारंगत भएकाहरुलाई अहिले बैज्ञानिक भनिन्छ , त्यतिबेला ऋषि भनिन्थ्यो ।
कानून र न्याय अलग अलग शब्द हुन् । यी शब्द एक अर्काका परिपुरक हुन् । तर न्यायका लागि कानुनको उत्पत्ति भएको हो की ? कानुनका लागि न्यायको उत्पत्ति भएको हो ? भन्ने प्रश्नको उत्तर थाहा पाउन सकिएन भने अहिले नेपालमा जे भइरहेको छ त्यही हुन्छ ।
यतिबेला नेपाली सिने जगतका सर्वाधिक लोकप्रिय नायक पल शाह कानुनी दृष्टिमा जघन्य अपराधी करार हुँदै जेलमा छन् । हालै मात्रै नेपाली क्रिकेट जगतका गौरव सन्दीप लामिछाने माथि पनि बलात्कार जस्तो अत्यन्तै जघन्य अपराधको आरोप लागेको छ ।
पल शाह माथि नेपालको कानुनले अन्याय गरेको पुष्टि भइसकेको छ । जो युवतीले आफूमाथि बलत्कार भयो भनेर पल शाह विरुद्ध उजुरी दिएकी थिइन , उनी स्वयंले सहमतिमै करणी लेनदेन भएको स्वीकार गरिसकेकी छिन् । तर अदालतले भने १८ वर्ष उमेर नपुगेकी युवतीसँग करणी लेनदन गरेको भन्दै पल शाहलाई साँढे दुई वर्ष जेल र १० लाख रुपैंया जरिवानाको फैसला गरेको छ ।
पल शाहको फैसला मिडियामा आउँदै गर्दा नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध पनि यस्तै प्रकृतिको उजुरी प्रहरीमा दायर भएको छ । यही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ पुर्जि जारी गरिसेकको छ । नेपाल क्रिकेट संघले पनि उनलाई टिम क्याप्टेनबाट मात्रै होइन खेलबाटै निलम्वन गरिसकेको छ । सन्दीप लामिछानेको निलम्वन नेपाली क्रिकेटखेलका लागि सानो क्षति हुँदै होइन ।
अभिनेता पल शाह माथि नेपालको कानुनले ठूलो अन्याय गरेको पुष्टि भइसकेको छ । क्रिकेट सम्राट लामिछाने माथि के कति अन्याय भएको छ ? पुष्टि हुन बाँकी छ । कानूनले बलात्कार भने पनि २२ वर्षीय लामिछानेले बलत्कार गरेका होइनन् । जुन युवती सँग उनको करणी लेन देन भयो , ती युवती १८ वर्ष उमेर नपुगेकी हुन् । १८ वर्ष उमेर नपुगेकी युवतीसँग करणी लेनदेन हुनुलाई बलात्कार मानिने भनेर नेपालको कानुनमा उल्लेख गरिएको छ । कानुनको यो प्रावधानले सिने नायक पल शाह र क्रिकेट सम्राट लामिछानेको क्यारियर समाप्त भएको हो ।
पल शाह सिने नायक मात्रै थिए , त्यस बाहेक अर्को कुनै जिम्मेवारीमा थिएनन् । तै पनि पल शाह जत्तिको व्यक्तिले विवाहयेत्तरको यौन सम्वन्ध राख्नु उपयुक्त हो होइन ? भन्ने नैतिकता प्रदर्शन गर्न सकेनन् । कानुनी प्रावधान के कस्तो छ ? भन्ने ख्याल गर्न पनि सकेनन् ।
यता क्रिकेट सम्राट लामिछानेले जघन्य अपराध गरेका हुनु वा होइनन् ? भन्ने प्रश्नको उत्तर आफ्नो ठाउँमा होला, तर गम्भीर गल्ती, धेरै ठूलो भूल र हदैसम्मको लापरबाही भने गरेका हुन् । देशकै क्रिकेट टीमको क्याप्टेन हुनु भनेको सामान्य जिम्मेवारी होइन । यस्तो जिम्मेवारीमा रहेको अविवाहित व्यक्तिले करणी लेन देन गरेका हुन् भने गल्ती नै हो । जवरजस्ती हो भने त जघन्य अपराध भइहाल्यो, सहमतिमै हो भने पनि सामान्य अपराध हो । अर्को कुरा पल शाह किन र कसरी एम्बुसमा परे , पारिए ? भन्ने कुरा मिडियामा छताछुल्ल भएकै थियो । निकै महिना यसले मुलुक तताएको थियो । त्यसबाट पाठ सिक्न नसक्नु वा मिडियाका सामाग्री अध्ययन नगर्नु लामिछानेको लापरबाही हो । बलात्कार व्यवसायीहरुले आफू माथि पनि आँखा गाडेका हुनसक्छन् , भन्ने ख्याल लामिछानेले गर्न सक्नु पथ्र्याे ।
यसै सन्दर्भमा गायक शिव परियारले सामाजिक संजालमा अत्यन्त मार्मिक प्रतिक्रिया दिएका छन् । नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् । ‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले फेसबुकमा लेखेका छन् । तर स्टाटस पोस्ट गरेको केही मिनेटमै उनले यसलाई हटाएका छन् । यद्यपि सामाजिक सञ्जालमा पोस्टको स्क्रिनसट भाइरल बनिरहेको छ ।
के हो बलात्कार ?
अपहरण शैलीमा कहीँ कतै लगेर गरिएको करणी चाहिँ बलात्कार हो । धेरै जनाले एक जनालाई जबर्जस्त गरेको करणी बलात्कार हो । यौन सम्पर्कपछि यौनांगमा घाउ चोट हुने गरी चोटपटक सहित गरिएको करणी बलात्कार हो ।
सुस्त मनस्थिति वा हिँडडुल गर्न नसक्ने अपांगता भएकालाई उनीहरूको त्यही कमजोरीको फाइदा उठाउँदै गरिएको करणी बलात्कार हो । सुतेकै ठाउँमा वा बसेकै ठाउँमा गुण्डागर्दी कै शैलीमा गएर एक्कासि झम्टिएर गरिएको करणी पनि बलात्कार हो ।
एकान्त ठाउँमा वा रातिमा अलपत्र परेको महिला भेटेमा उनलाई सहयोग गर्ने बहानामा जबर्जस्त गरेर गरिएको बलात्कार चाहिँ बलात्कार हो । धम्क्याएर, तर्साएर, थर्काएर वा कुनै प्रलोभन मै पारेर जबर्जस्त गरिएको करणी पनि बलात्कार नै हो ।
दिनभरी मज्जाले पुरुष सँग घुम्ने, साँझमा साँप्रा खप्ट्याएर दारु खाने, राति होटलको एकान्त कोठा बुक गरेर अंगालो मारेर सुत्ने, उत्तेजित बनाइ दिने, पटक पटक विभिन्न पोजमा सम्भोगको मज्जा लिने, भोलि पल्ट विहान खुशी साथ घर फर्केनेलाई बलात्कार भनिन्न । यस्तो करणी लेनदेनलाई बलात्कारको परिभाषा भित्र राखेर कानुन बनाउनेहलाई दण्डको सजाय हुनै पर्छ । अब आम निर्वाचन आउँदैछ, अपराधी पोस्ने कानुन बनाउन जो जो उद्धत थिए उनीहरुलाई छानी छानी चुनाव हराउनु पर्छ ।
सन्दीपले यौन शोषण गरेका हुन् भने सजाय हुनै पर्छ । यो परिस्थिति सिर्जना गर्ने काम ती युवतीले गरेकी थिइन कि थिइनन् ? भन्ने अनुसन्धान नगरी सन्दीपको नाम सार्वजनिक गर्नु हुँदैनथ्यो ।
यो प्रश्न पनि कम गम्भीर छैन । आज मिडियामा छ्यापछ्याप्ती सन्दिप लामिछाने नाम आइराख्दा किशोरी कहाँकी हुन को हुन केही थाहा छैन । पीडित भनिएकी नाबालिकाको नाम चै चरित्र हत्या हुन्छ भनेर गोप्य राख्ने अनि अन्तर्राष्ट्रिय क्रिकेट खेलाडिको नाम चै फैसला नहुदै सार्वजनिक गरिदिने ? कि पुरूष मान्छेको चाहि चरित्र हत्या हुदैन ? पुरुषहरुले चाहिँ के फेरि यहि समाजमा बाच्नु पर्दैन ? अदालतको फैसला आएकै छैन, प्रहरीले पनि जाँच सक्काएकै छैन, एउटा पक्ष सँग सोधपुछ सम्म पनि भएको छैन, राष्ट्रिय समाचारमा भने फोटो सहितको न्युज आइसक्यो, अनि जो माथि मुद्दा परेको छ उसको गोपनिएता खै ? अनि जो पीडित छ उसको परिचय खै ?