एयरपोर्ट नजिकैबाट बरामद गरिएको अन्दाजी १ सय किलो भनीएको सुन पगाल्न शुरु

| 2023 Aug 14 | 01:56 pm 1705

काठमाडाैं, साउन २९ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भई सिनामंगल  क्षेत्रबाट  बरामद गरिएको अन्दाजी सय किलो भनिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाखाशाले  जोख्न सुरु गरेको छ।

गत साउन २ गते बरामद भएको अन्दाजी सय केजी सुन आज राष्ट्र बैंकले जाेख्न लागेको हो। राजस्व अनुसन्धान विभागले सुन जोख्ने प्रकृयाको लागि पत्राचार  गरेपछि आज सुन जोख्न थालिएको बताइएकाे छ ।

ब्रेक शु मा टाँसेर ल्याइएको  सुन टक्सार विभाग परिसरमा बाहिरै राखेर सबैले देख्ने गरी निकाल्न सुरू गरिएकाे हाे। सुन जोख्ने स्थानमा  नेपाली सेना, नेपाल प्रहरी तथा संचारकर्मीको बाक्लो उपस्थिति छ। सम्पूर्ण जनतालाई देखाएरै सार्वजानिक रुपमा सुन जाेख्न लागिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.