अन्तिम खेलमा युएईमाथि नेपालको सानदार जीत

| 2018 Oct 02 | 05:24 pm 2948

काठमाडौं, १६ असोज :  बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा यूएईलाई ३ विकेटले हराएको हो ।

यूएईले दिएको २६९ रनको लक्ष्य अन्तिम ५ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । त्रित्रराज दास मात्र ६ रनमा आउट हुँदा नेपालको स्कोर मात्र १५ रन थियो ।

तर, तेस्रो नम्बरमा आएका आशिफ शेखले सम्हालिएर खेले । रित गौतमसँग ३० रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि सन्दिप जोरासँग ५९ रनको साझेदारी गरे । शेख ३५ रनमा आउट भए ।

त्यसपछि रोहितकुमार पौडेलको पालो । उनले जोरासँग ४९ रनको साझेदारी गरे । पवन शरार्फ ९ र अरुण ऐरी मात्र ४ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि रोहितले रासिद खानसँग ५३ रनको साझेदारी गरे । रोहित ९२ रनमा आउट हुँदा नेपाललाई जितका लागि ७ बलमा मात्र २ रन चाहिएको थियो । रसिद २७ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईको सुरुवात उत्कृष्ट थियो । पहिलो विकेटका लागि पहद नवाज र अंश टन्डनले १५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नन्दनकुमार यादवले टन्डनको विकेट लिएपछि भने यूएईका ब्याट्सम्यानरुले ठूलो साझेदारी गर्न सकेनन् । उसले ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाउको थियो ।

नेपालकालागि नन्दन यादव,पवन सर्राफ र रसिद खानले समान दुई विकेट लिदाँ सुर्य तामाङ र सागर ढकालले पनि एक एक विकेट लिए ।नेपाल यस अघि भारतसँग १ सय ७१ रनको फराकिलो अन्तर र अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै एसिया कप सुखद अन्त्य गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.