अन्तिम अभ्यास खेलमा नेपाल ए र क्यानडा-११ भिड्दै

रिपोर्ट नेपाल | 2024 Feb 22 | 08:51 am 917

काठमाडौँ, फागुन १०। एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो तथा अन्तिम अभ्यास खेल आज हुँदैछ। आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप भइरहेको तीन खेलको शृङ्खलामा नेपाल ए र क्यानडा–११ ले समान १–१ खेलमा जित हात पारेको छ।

आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने आजको खेल बिहान ९ः३० बजे सुरु हुनेछ।

पहिलो अभ्यास खेलमा नेपाल ए क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ए २ विकेटले विजयी भएको थियो।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.