अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्का एक चिनियाँ पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 02 | 10:21 am 1638

काठमाडौं, भदाै १६: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्का एक चिनियाँ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरले उनलाई आइतबार साँझ पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

शनिबार राजधानीका विभिन्न स्थानमा रहेका बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए । उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जानकारी दिए।

विमानस्थलमा पक्राउ पर्ने चिनियाँ नागरिक ह्याकर गिरोहका सदस्य हुन सक्ने अनुमान प्रहरीले गरेको छ। थप अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.