अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

| 2019 Mar 29 | 10:16 am 1566

काठमाडौँ, चैत्र १५ : शुक्रबार देखि संचालन भएको तेस्रो लागनी सम्मेलानमा अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । १५ र १६ गते हुने दुई दिने लगानी सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले कर प्रणाली वैज्ञानिक बनाएको र कानुनी सुधार गर्दै लगानीको वातावरण तयार पारेको जानकारी दिए ।

उक्त सम्मेलनमा सहभागीहरुलाई नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै सरकार द्रूत आर्थिक विकाससहित अघि बढ्न चाहेको बताए ।

काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलन शनिबारसम्म चल्ने र सम्मेलनमा  हुन ४० बढी देशका ६ सय बढी विदेशी लगानीकर्ता सम्मेलनमा सहभागी छन्।

यस सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ। यी आयोजनाको लागत ३० खर्ब बढी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.