अन्तत् भत्काइयो खुल्ला मञ्चका सटरहरु

रिपोर्ट नेपाल | 2019 Apr 27 | 02:15 pm 2251

काठमाडौं, वैशाख १४: खुल्ला मञ्चमा निर्माण गरिएका सटरहरु भत्काइएको छ । अतिक्रमण गरेर बनाइएका खुल्ला मञ्चका सटर काठमाडौं महानगरपालिकाको अगुवाइमा शनिबार भत्काइएको हो।

उपप्रमुख हरिप्रभा खड्गीले भने माथिको आदेशमा भत्काइएको भन्ने जानकारी पाएको भएपनि यसबारे अनविज्ञ रहेको बताइन्। विरोधमा उत्रने केही व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार खड्गीले खुलामञ्चमा निर्माण गरिएका संरचना हटाउन सात दिनको अल्टिमेटम दिएकी थिइन् ।

काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भएको थियो। महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २०७३ साउन ३० गते कार्यादेशमार्फत निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न लिएका थिए।

महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा निर्माणको मात्रै सम्झौता भएको थियो । निर्माण कम्पनी अवैधरुपमा सटर बनाएर भाडा लगाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.