अनैतिक सम्बन्ध रहेको आशंकमा श्रीमती र छोरीको हत्या गरी खाेलामा फाल्ने पक्राउ

| 2018 Dec 16 | 07:13 pm 1792

हेटौंडा, पुस १ :  आफ्नै श्रीमति र नावालिका छोरीको हत्या गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पर-पुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक भारतीय युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।

उनले आफ्नी श्रीमति र छोरीको हत्या गरि खोलामा फ्यालेको प्रहरी समक्ष स्वीकार गरेका छन् । गत मंसिर १८ गते विहान मकवानपुर हेटौंडा वडा नं १९ नेवारपानी स्थित राप्ती खोलामा करीब १ बर्षकी मृत बालिका र त्यसको ४ दिनपछि सोही स्थान भन्दा करीब ५० मिटर पर करीब ३५ बर्षकी महिलाको शव फेला परेको थियो ।

शव फेला परेपछि प्रहरीले अनुसन्धानको क्रममा मृत महिलाका पति रमजान मिया दर्र्जीलाई पक्राउ गरेको थियो । पक्राउ पछि मियाले आफुले हत्या गरेको स्वीकार गरेका थिए । परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको मियाले स्वीकारेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिला र बालिका आमा छोरी रहेको मकवानपुर प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक मधुकुमार थापा समेतको कमाण्डमा अनुसन्धान टोलीले भारत बिहार मोतिहारी पुर्र्वी चम्पारण बस्ने मृतकको श्रीमान रमजान मिया दर्र्जीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । आमाको हत्या गर्दा छोरी पनि साथमै रहेकाले घटना सार्वजनिक हुने डरले छोरीको पनि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक मधुकुमार थापाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी बुद्धिराज गुरुंगले घटनामा रमजान मिया दर्र्जीका भाई पनि संलग्न रहेकाले निजको खोजी कार्य जारी रहेको बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.