अनैतिक क्रियाकलाप गर्ने ६१ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 May 16 | 02:15 pm 2096

काठमाडौं, जेठ २: अनैतिक क्रियाकलापमा संलग्न ६१ जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

कामनपा – १६ माछापोखरी वाइपास क्षेत्रकामा रहेको विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक यौन क्रियाकलापमा संलग्न रहेका ४४ जना पुरुष र १७ जना महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेका छन् ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टाेलीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले बताए।

पक्राउ परेका मध्ये अनुसन्धान पछि १५ पुरुष जना र ६ जना महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.