अनेरास्ववियूले गर्‍याे पूर्व शिक्षामन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा

| 2019 Jun 21 | 12:43 pm 1820

काठमाडौं, असार ६:  गत जेठ ३१ गते चितवनको माडीस्थित आफ्नै घरमा हृदयाघातका कारण निधन भएका पूर्वअध्यक्ष एवम् पूर्व शिक्षामन्त्री धनिराम पौडेलको सम्झनामा सत्तारूढ नेकपा निकट अनेरास्ववियूले  श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

शुक्रबार अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा राजधानीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताएका छन् ।

त्यसैगरी नेकपाका अर्का नेता लिलामणी पोखरेलले पौडेल अवसर पाएर पनि बेइमान नबनेको एउटा असल क्रान्तिकारी योद्धा भएको बताए ।

त्यस्तै अनेरास्ववियू (क्रान्तिकारी) का पूर्व अध्यक्ष रमेश मल्लले स्वर्गीय पौडेल निष्ठा र इमानको पर्याय भएको बताए । त्यसैगरीअनेरास्ववियू संयोजक ऐन महरले पौडेल नेपालको सार्वजनिक शिक्षा रुपान्तरणको अग्लो अभियन्ता भएको स्मरण गरे ।

कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वर्गीय पौडेलको जन्मदेखि मृत्युसम्मका विविध पक्षमा प्रकाश पारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.