काठमाडौं, पुस ४ : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भईरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोत अभाव रहेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन स्रोत, साधान रहेको प्रतिक्रिया दिएका हुन् । उनले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिन राज्यका सबै निकायको ध्यानाकर्षण समेत गराए ।
खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठड्याउने काम भईरहेको गुनासो गरे । राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धान प्रभावकारी हुने उनको भनाई थियो ।