अनिल बाँनियाको पहलमा लाखौंको शैक्षिक सामाग्री वितरण

| 2021 Mar 20 | 02:30 pm 5525

मुगु, चैत ७ः हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिका ३ मा रहेको बालज्योती प्राथमिक विद्यालयमा लाखौं मुल्य बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ ।

No description available.

युवा तथा समाजसेवी अनिल बाँनिको पहल र हेल्पिङ ह्याण्ड फर नेपाल नर्वेको सहयोगमा उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो ।

हेल्पिङ ह्याण्ड फर नेपाल नर्वे संस्था सन् २०१३ मा स्थापना भई उक्त क्षेत्रको विभिन्न स्थानमा आवाश्यक सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।

No description available.

सहयोग गरिएको उक्त शैक्षिक सामाग्री बालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइएको अनिल बाँनियाले बताए ।

No description available.

वितरण गरिएको उक्त शैक्षिक सामाग्रीहरु छनाैटमा परेका प्रत्येक विद्यार्थीलाई १ सेट स्कुल ड्रेस, २ दर्जन कापी, २ दर्जन कलम, २ दर्जन पेन्सील, १ झोला, १ सेट ट्र्याक सुट, १ सेट ज्याकेट, १ रुमाल, १ सेट किताब, १ सेट जत्ता, १ सेट मोजाका साथै खेलकुदका सामाग्री पनि वितरण गरिएको समाजसेवी बाँनियाले बताए ।

No description available.

गरिब तथा जेहेन्दार विद्यार्थीका लागि गरिएको साना तिना सहयोगले पनि ती विद्यार्थीको आधारभुत आवश्यकता पूरा हुने र उनीहरुको भविष्य निमार्णको लागि टेवा पुग्ने बाँनियाको भनाई रहेको छ ।

No description available.

बाँनियाकाे पहलमा देशका अन्य स्थानमा पनि विभिन्नका किसिमका राहतका सामाग्री वितरण गरी सकेका छन् । आवश्यक स्थानकाे पहिचान गरी अझै यस्ता किसिमकाे सहयाेगलाई निरन्तरता दिइरहने जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.