काठमाडौं, जेठ २९ । अनामनगरको नेपाल मेगा स्कुलसँगै रहेको खाली जग्गामा वडा नं २९ को वडा कार्यालय बन्ने भएको छ ।
लामो समयदेखि विवादमा रहेर बनाउन नसकिएको वडा कार्यालय अब भने बन्ने पक्का भएको छ । स्थानीयले खैल मैदान बनाएको जग्गामा आज महानगर प्रहरीका एसपी राजु पाण्डेको नेतृत्वमा आएको टोलीले डोजर चलाएर वडा कार्यालय बनाउने संकेत दिएको छ ।
खाली जग्गामा डोजर चलिरहेका समयमा सामाजिक विकासका पदाधिकारीले नारा लगाउदै विरोध जनाएका थिए । एक थरी स्थानीयले सरकारी जग्गामा महानगरले वडा कार्यालय बनाउदा अपत्ती गर्न नहुने जनाएका छन भने सामाजिक विकासका पदाधिकारी लगायत अर्काथरी स्थानीयले अर्को कुनै ठाँउमा बनाएर संरक्षण गर्नुपर्ने आवाज उठाएका छन् । केही स्थानीयवासीकाे विरोधका बावजुद डोजरले काम भने रोकेको छैन ।
कम्पाउण्ड घेरिएको पर्खाल भत्काउन र साे स्थान खाली गराउन काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिती रहेको थियो ।