अनामनगरको यो गहनालाई पार्किङ बनाउने कि पार्क ?

रिपोर्ट नेपाल | 2018 Aug 17 | 06:22 pm 1910

काठमाडौं, भदौ १: उपत्यकामा भएका हजारौं रोपनी जग्गा भू माफियासँगको मिलेमतोमा सम्बन्धित निकायका व्यक्तिहरुले समाप्त पारेका छन् ।

विभिन्न गुठीका जग्गा हुँदै थुप्रै सार्वजनीक जग्गालाई व्यक्तिको नाममा बनाइएका प्रमाणहरु पटक पटक सार्वजनीक हुँदै आएका छन् ।  काठमाडौं उपत्यकामा औंलामा गन्ने बाहेक त्यस्ता राम्रा पार्क बनेका छ्रैनन् भने अर्को तर्फ भएका जग्गालाई सहि काममा नभएर कसैको फाइदाको लागि दुरुपयोग गरीदै आएको छ ।

खाली जग्गा मात्रै नभएर पछिल्लो समय अनामनगर एरियाको सबै सडक कार धनीको पार्किङ स्थल बनेका छन् । बिजुली बजारको पुल वरिपरी हेर्दा लाग्छ ति सडकहरु सवारी साधन गुडाउनका लागि नभएर पार्किङ स्थल हुन् ।

अनामनगरको ओक्सीडेन्टल स्कुल र मेघा स्कुल वरिपरीका सडकमा समेत घण्टौं सम्म पार्किङ गरेर राखिएका सवारी साधनले त्यो बाटो भएर गुड्ने सवारी साधनलाई सहज गुड्न दिएका छैनन् ।

यति मात्रै नभएर आक्सीडेन्टल स्कुल अगाडी रहेको खाली जग्गा हेर्दा लाग्छ त्यो स्कुल र अन्य कार मालिकका लागि पार्किङ स्थलका लागि व्यवस्थापन गरिएको हो । अत्यन्तै सुन्दर रहेको उक्त जग्गामा पार्किङ हटाएर पार्क बनाउनु पर्ने अवाज उठे पनि स्थानीय जनप्रतिनिधि चिर निद्रामा रहेका छन् ।

जताजतै घर बनेका कारण स्वास फेर्न पनि कठिनाई पर्ने काठमाडौंको अनामनगरमा रहेको यस्तो जग्गामा रमणिय र सुन्दर पार्क बनाउनका लागि स्थानीय बासी सकृय हुन जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.