अनसनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा सुधार, आइसीयुबाट निकालियो

| 2019 Jan 20 | 06:10 pm 2098

काठमाडौं माघ  ६ :  राष्ट्रिय चिकित्सा विधेयकको विरोधमा अनसनरत् प्राध्यापक डाक्टर गोविन्द केसीलाई आज आइसीयूबाट जनरल वार्डमा सारिएको छ । केसीको स्वास्थ्यमा सुधार आएपछि उनकै आग्रहमा जनरल वार्डमा सारिएको हो ।

केसीले आइसीयू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार सारिएको उनको सहयोगीले बताएका छन् । केसीलाई चिकित्सकहरुले एन्टिवायोटिक दिँदै आएका छन् ।

आइसीयुमा उपचाररत् केसीको सेतो रक्तकोर्षीका न्यून भएको तथा मुटुको अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डाक्टर केसीको माग पुरा गर्न दबाब दिन आजदेखि शिक्षण अस्पतालका आवासीय चिकित्सकले कालोपट्टी बाँधेर काम शुरु गरेका छन् ।

सरकारसँग भएको पछिल्लो सहमतिको कार्यान्वयको माग गर्दै डाक्टर केसी १२ दिनदेखि १६ औ पटकको अनशनमा छन । पुस २५ गते इलाम पुगेर अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार सेनाको हेलिकोप्टरवाट काठमाडौं ल्याइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.